
नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्। काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेकी हुन्।
प्रहरीका अनुसार जेनीको शव अपार्टमेन्टमा भेटिएको र आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
बिहीबार राति ९ बजे उनले आत्महत्या गरेको भन्ने खुलिएको छ ।
उनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केही अघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।