सिरहा लहानमा करेन्ट लागेर दुई जनाको मृत्यु

|

सिरहा, ८ असार । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

२०७८ असार ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।