
विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब राष्ट्रहरुसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको थियो।
यसै सन्दर्भमा माहामारीबाट बच्न कोभिडका रोकथामका निम्ति नेपालमा पनि बिभिन्न प्रयास हुदै पनि छ। स्मार्ट लकडाउनमा मुलुक जादै गर्दा कोभीड सँग लड्ने खोप भने प्रर्याप्त छैन।
बिभिन्न मुलुकले खोप लगाई रहदाँ नेपाल हाल विभिन्न सहयोगी मुलुकहरुसंग खोपको लागी समन्वय सहकार्य गर्दैछ।
तर खोपको वितरण उत्पादनमा भइरहेका ढिलाई र आपूर्तिको अवरोधले प्रभावित भइरहेको छ जसले कोभ्याक्समा मात्रै निर्भर देशहरूमा सङ्कट निम्त्याएको छ।
यसै प्रसंगलाई जोड्दै विभिन्न सहयोगी अन्तर्राष्ट्रीय दाताहरु तथा संगठनहरुले नेपाललाई समयमै खोप पठाऔ र सबैले यस्तो विषम परिस्थितियाँ हातेमालो गरौ भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गर्नको निम्ति हाल अमेरिका क्यालिफोर्निया बस्नुहुने युवा अभियान्त रिमेश खनालले यो हस्ताक्षर अभियान शुरु गरेका छन् ।
कोभिड-सील्डको खोप माग अनुसार नआउनु र अरु देशबाट भनेको समय भन्दा धेरै ढिला हुदाँ आम नेपालीलाई परेको पिडालाई सम्बन्धीत निकायहरुले समयमै सहजीकरण गरीदिन यो अभियान शुरु गरिएको हो र यस पिटिसन साइन गर्न समेत खनालले सबैजना नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् ।
यो अभियानमा सामेल हुन यो लिंकमा क्लिक गरि पिटिसन साइन गर्न सक्नुहुनेछ ।
https://www.change.org/sendnepalvaccine