
संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बंतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतका रुपमा मानिन्छ ।
२०७७ को बर्षलाई समग्रमा भन्नुपर्दा कोरोनामय र विपत्तिको बर्षको रुपमा लिन सकिन्छ ।बिश्वले प्राकृतिक विपत्ति संग लडिरहेको महासंकटलाई अवसर तथा नवीन कार्य योजना कोर्ने समयको रुपमा पनि मान्न सकिन्छ ।
नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् साथै नयाँ शुरुवाती दिनलाई मिठो खाने, राम्रो लाउने ,रमाईलो गर्ने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा पनि लिईन्छ ।
हरेक नयाँ बर्षको साथमा जीवनको नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जीवन पनि बाँच्दै जाँदा अनि संघर्ष गर्दै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् र नयाँ बर्ष,नयाँ अवसर र नयाँ अध्यायलाई सकारात्मक ढंगले लिने गरौ ।
जीवनयात्रा गर्ने क्रममा कहिले दु:ख अनि कहिले सु:ख र कहिले उत्तरचढाव अबश्य हुने गर्दछ,जिबनको सार्थकता भनेको नै अफ्ठ्याराहरु सित हातेमालो गर्दै चुनौतीहरुको बिचबाट सहजताको साथ अगाडी बढ्न सक्नु हो ।
जीवनमा गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बितेको बर्षभरी सहयोग गर्नुहुने र हौसला दिनुहुने सम्पूर्ण सहयोगी साथीहरु, आफन्तहरु र शुभचिन्तक हरु प्रति नतमस्तक छु र मेरा आलोचकहरु प्रति कृतज्ञ छु जसले गर्दा अगाडी बढ्न आत्मविश्वासमा थप सहयोग मिलेको छ साथै निरन्तर सहयोग तथा मार्गनिर्देशन गरिरहने साथीभाई,शुभचिन्तक र आफन्तहरुप्रति आभार प्रकट गर्दछु ।
र नयाँ बर्षको शुभारम्भमा नयाँ सोचका साथ दिर्घकालिन ढंगले अगाडी बढ्न सकियोस् र नयाँ बर्ष ले हामी सबैलाई खुसी र सुखी बनाओस् ।
नयाँ सोच र सकारात्मक भावनाका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् ।
साथै नयाँ बर्ष २०७८ ले नयाँ आयाम छाओस् सम्पुर्ण परिवार साथीभाई र आफन्तहरुको सु-स्वास्थ्य,ख़ुशी र दिर्घायुको हार्दिक कामना ब्यक्त गर्दछु ।