टेक्सास अस्टिनमा एक नेपालीको बन्दुक आक्रमणबाट हत्या

|

अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । टेक्सासको अष्टिनमा वसोवास गर्ने पोखरा साराङ्कोट निवासी रमेश थापालाई उनी वस्ने आवास क्षेत्रमा नै मंगलवार मध्यरातमा गोली प्रहार गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
थापाको हत्यामा संलग्न कसैलाई पनि अहिलेसम्म गिरफ्तार गरिएको छैन तर प्रहरीले हत्याराको नजिक पुगिएको जनाएको छ ।

ग्यास स्टेशनमा काम गर्ने मृतक थापालाई कामवाट फर्किदै गर्दा आवासीय क्षेत्रमा गोली हानिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

स्वर्गीय थापा ११ वर्षदेखि अमेरिकामा वसोवास गर्दै आएका थिए । उनको मृत्यु घटनास्थलमै भएको जनाईएको छ ।

अमेरिकामा नै रहेका स्वर्गीय थापाका भाइ लक्ष्मण थापाले शवलाई अहिले जांचका लागि अस्पतालमा राखिएको जानकारी दिएको हिमालयखवरले उल्लेख गरेको छ ।

तस्बिर: सामाजिक संजाल

२०७७ चैत्र २५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।