काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटमा अनधिकृत पहुँच राखी त्यसका डाटा दुरुपयोग गर्ने एक युवक पक्राउ परेका छन् । नरपिचास नाममा समाजिक सञ्जालमा नाम रहेका १७ वर्षीय ती युवकले ग्राहकका तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्याइ फेसबुक इन्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेका थिए ।
रुपन्देही तिलोत्तमा १ का ती युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन अनुसार कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।






