काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

|

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले बताउनुभएको छ।

कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

उहाँले हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड-१९ को पीसीआर परिक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकताअनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्नुभएको छ ।

२०७७ मंसिर २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।