विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई नयाँ उचाइ मंगलबार सार्वजनिक भएको छ । हालसम्म कायम रहेको ८८४८ मिटर उचाइमा अब .८६ मिटर बढेर ८८४८.८६ मटिर कायम भएको छ ।
दुवै मुलुकले बेग्ला बेग्लै नाप गरे पनि समान रिजल्ट आएको सो कार्यक्रममा जानकारी दिइएको थियो ।
अहिले ८८४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गर्नुभएको हो ।
काठमाडौंमा मंगलबार दिउँसो आयोजना गरिएको विशेष कार्यक्रममा नेपाल र चीनका प्रतिनिधिद्वारा एकै पटक सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोसम्म पुगेर नयाँ उचाइ मापन गरेको थियो ।






