नेपालगन्ज । सहयात्री नेपालको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट श्वेता गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा मोहम्मद सलमान सलमानी, सचिवमा अञ्जना चतुर्बेदी, सह–सचिवमा दीपा सुनार र कोषाध्यक्षमा देवा बहादुर क्षेत्री चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अरुणा गुरुङ, दीपिका देवकोटा, परशुराम बारी, अभिषेक भट्ट, सोनी भट्ट र सृष्टि चन्द ठकुरी रहेका छन् । संस्थाले सन्चालन गरेको विभिन्न अभियानहरु जस्तै मानव वेचविखन विरुद्धको अभियान, महिनावारी स्वच्छता अभियानमा सहयोग गरेकोमा स्वंमसेवकहरुलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथि सभ्य समाज नेपालका अध्यक्ष भिष्म प्रसाद लोध रहनुभएको थियो भने विशिष्ठ अतिथिमा नेपाल युवा परिषदका संयोजक सोम गुरुङ्ग रहनु भएको थियो । नव निर्वाचित कार्यसमितिले संस्थालाई थप सशक्त बनाउँदै सामाजिक क्षेत्रका गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको संस्थापक अध्यक्ष ऋतिक शाहीले बताउनुभयो ।






