फोनिज बाँकेद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना हुँदै

|

नेपालगन्ज। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके ले निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना गर्ने भएको छ। मगर दिवसको अवसर पारेर सो स्वास्थ्य चेक जाँच आयोजना गर्न लागिएको बताइएको छ।

फागुन १५ गते सञ्चालन हुने उक्त कार्यक्रम बाँकेको खजुरा–३ बहुउद्देश्यीय सभा हल तथा कोहलपुर–११, खुल्ला मञ्च, न्यूरोडमा आयोजना गरिने जनाइएको छ। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ।

कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य रहनेछ भने सम्बन्धित स्थानीय तहको समेत सह–आयोजनामा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

फोनिज बाँकेले समुदायस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा उपस्थित भई सेवा लिन सम्पूर्ण सर्वसाधारणलाई आयोजकले अनुरोध गरेको छ।

२०८२ फाल्गुन १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।