नेपालगन्ज । नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायीका एलिना चौहानको सांगीतिक प्रस्तुती मुख्य आकर्षण बनेको छ । महोत्सवमा चौहानले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो ।
विशेषगरी ‘यस्तै यस्तै ल्याङ भएर पेस्तोल किन्देको’ बोलको चर्चित गीत प्रस्तुत भएपछि दर्शकहरू उत्साहित हुँदै नाचगानमा मग्न भएका थिए । गीतको तालमा युवा दर्शकहरू नाच्दै गुनगुनाएका थिए भने कार्यक्रम स्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । महोत्सवमा चर्चित गायीका चौहानले गाउनुभएका तिमीले धोका दियौ भने मा कसम कट्टा हान्दिन्छु, धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी, बिष पिउन मन लाग्छ किन घुटुघुटु, रुवाउनेहरू हजार भए, ए जिन्दगी कस्तो जिन्दगी, तिमी संग नजर जुझाई, भाग्यमा खोट छ लगायत चर्चित गीतहरूमा दर्शक भावनामा बग्दै रमाएका थिए । गीतको ताल र शब्दसँगै उनीहरू उफ्रिँदै, ताली बजाउँदै र नाच्दै कार्यक्रम स्थललाई उत्सवमय बनाएका थिए ।
यस्तै नमहोत्सवमा गायक सन्दिप सेन्चुरी, डान्सर धर्ति विष्ट मगर, लभ्ली विष्ट मगर, यमुना भण्डारी लगायतको बेजोड प्रस्तुति रहेको थियो भने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।
पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
हरेक दिन थप उत्साव भैरहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । चर्चित गायक तथा मोडल दुर्गेश थापा लगायत दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो ।
भोली १७ गते शनिवार नेपालगन्ज महोत्सवमा लोकप्रिय तथा चर्चित गायक दुर्गेश थापा, गायक कुलेन्द्र परियार, ¥यापर भि–योमाको बेजोड प्रस्तुती रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।






