नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

|

नेपालगन्ज । नेपालगन्जमा महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको आज दमदार प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए । पतली कमरिया मोरे हाई हाई, मजा आइगिल ,छलकल जवानी, उरि उरि भौरा, बरा व्युटि बातो ब्याटल, झुमरा लगायतका दुइ दर्जन बढि चर्चित चर्चित गित गाएर दर्शकलाई नचाएका थिए । दर्शकले गायक कुश्मीको गितमा वान्स मोर भन्दै उफ्रि उफ्रि नाचेर गायक कुश्मीलाई साथ दिएका थिए । यस्तै चर्चित गायीका सपना शाहीले पनि आफ्ना चर्चित चचित गित प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल भएका थिए ।

गायीका सपना शाहीले दर्शकहरुलाई देउडा गित गाएर देउडा समेत खेलाएका थिए । उहाँको गितमा दर्शकहरु गोलबद्ध भई देउडा खेलेका थिए । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो ।

महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्थासांस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनुभयो ।

२०८२ माघ २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।