
नेपालगन्ज । भेरी वातावरणीय विशिष्टिता समूह (बी–ग्रुप) को आज २६ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न भएको छ । संसदीय सचिवालयका पूर्व सचिव तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सदस्य गोपालनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथि योगीले संस्थालाई अझ थप संस्थागत दिगोपनाको लागि आफु सदैव तत्पर रहेको बताउनुभयो । साथै उहाँले संस्थाले थप जिम्मेवारी भई समाजमा सचेतना फैलाउनुपर्नेमा जोड दिनु हो। त्यसैगरी विशिष्ट अतिथि मधुबन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बी-ग्रुपले समाजमा सकारात्मक कार्य गरेको बताउनुभयो। साथै पालिकासँग समन्वय तथा सहकार्य गरेर बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान खेलेको बताउनुभयो।

सो साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक डम्बर सुनारले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नर्वदा दाहालले प्रस्तुत गर्नु भएको थियो । परियोजना सन्चालन भएका बाँके, बर्दिया, कैलाली र रुकुम जिल्लाका सरोकारवाला निकायहरुले बार्षिक साधारण सभाको शुभकामना ब्यक्त गर्नु भएको थियो । शुभकामना व्यक्त गर्नुहुनेमा संस्थाका पूर्व अध्यक्षहरू राजबहादुर क्षेत्री, टेकबहादुर पुन, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाले सन्चालन गरेको परियोजनाको बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

सो साधारण सभामा संस्थाको आर्थिक बर्ष २०८१/०८२ मा सन्चालन भएको परियोजनाको बारेमा सामाजिक परीक्षण समेत गरिएको थियो। सो सामाजिक परीक्षण प्रकाश उपाध्यायले गर्नुभएको थियो। कार्यक्रमको बारेमा बृहत छलफल गरिएको थियो । सो साधारण सभा संस्थाका अध्यक्ष डाक्टर इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सस्थाका सचिव राम निवास यादवले गर्नुभएको थियो।
२०८२ आश्विन ११, शनिबार प्रकाशित