मन्त्रिपरिषद् विस्तार : खनाल अर्थमन्त्री, घिसिङ उर्जामन्त्री र अर्याल बने गृहमन्त्री

|

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार रामेश्वर खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास र ओमप्रकाश अर्यालले गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ गराएका छन्। अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्।

यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् भने गृहमन्त्री अर्याल कानुनविद् हुन्।

२०८२ भाद्र ३०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।