सहयोगको लागी चियापान कार्यक्रम सम्पन्न

|

नेपालगन्ज । स्व. राष्ट्रसेवक बिन्दु कुँवरको स्मृतिमा आयोजित “सहयोगका लागि चियापान” कार्यक्रम शुक्रबार नेपालगन्जको त्रिभुवन चोकमा सफलतापूर्वक सम्पन्न भएको छ । “एक चिया – एक जीवन – एक परिवर्तन” भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले मानव सेवाको उज्यालो संदेश फैलाएको छ ।

कार्यक्रममा सेवा नै धर्म हो भन्ने भावनासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति, साथ, समर्थन तथा आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । संकलित सहयोग रकम क्यान्सर पीडितहरूका लागि उपचारमा तथा नीलसागर वृद्धाश्रमको भवन निर्माणका लागि प्रयोग गरिनेछ ।

सहयात्री नेपाल, बिन्दु कुँवर फाउन्डेशन तथा क्यान्सर पीडित सहयोगी अभियान्ताहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले पारदर्शिता र जनविश्वासलाई प्राथमिकतामा राख्दै चाँडै नै संकलित रकमको सार्वजनिक विवरण प्रकाशन गर्ने प्रतिबद्धता जनाएको छ ।

क्यान्सर पीडितहरूको उपचार तथा वृद्धाश्रम भवन निर्माण कार्य अझै अपूरो रहेकोले आयोजकले सबैमा सहयोगको अपिल गरेका छन् ।

२०८२ श्रावण ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।