
बर्दिया । ठाकुरबाबा नगरपालिका ९ हात्तीसारको खौराह खोलामा सनिबार बाढी विपद् कृत्रिम घट्ना नमूना अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा तथा प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी –ग्रुप) को साझेदारी तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कतर्नियाँ, इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँ र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय ठाकुरबाबाको सहकार्य तथा समन्वयमा कार्यक्रम संचालन गरिएको हो ।
ठाकुरबाबा नगरपलिकाका नगर प्रहरीहरुलाई तालिम प्रदान गराई अभ्यास पश्चात कृत्रिम घट्ना अभ्यास गरिएको हो । बाढिको जोखिमका बेला स्थानीय स्तरमा पाईने स्रोत साधनबाट जनधनको सुरक्षा तथा महिला, बालबालिका, वृद्धवृद्धाहरु असशक्त तथा अपाङ्गहरुको उद्धार कसरी गर्ने भन्ने विषयमा कृतिम घट्ना अभ्यासका माध्यमबाट पुर्व तयारी तथा योजना निर्माण गरि अभ्यासका माध्यमबाट जानकारी गराइएको हो ।
बाढिका कारण हुने घट्नाबाट स्थानीय स्तरमा पाईने डोरी, खाली बोतल तथा ग्याल्टिन, बाँसको खाँबो, लाइफ ज्याकेट, बोर्ड तथा केराको थामबाट पनि बचाउन सकिने र बाढिको घट्नाबाट घाईते तथा असक्तलाई तत्काल उपचारका लागि प्राथमिक उपचार गर्ने र एम्बुलेन्सको पनि ब्यवस्था गर्नुपर्ने तथा सुरक्षित र तत्काल उपचारका लागि रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सम्बन्धित निकायलाई खवर गर्नुपर्ने अभ्यासका माध्यमबाट प्रस्तुत गरिएको छ ।
बाढि तथा डुवानबाट असक्त भएकाहरुको प्राथमिक उपचारका क्रममा पानी खाएको हुनसक्ने भएकाले पानी निकाल्नका लागि हल्का छाती दबाउने तथा स्वास दिनका लागि मुखमा कम्तिमा हल्का रुपमा पाँच पटक मुखमा फुक्ने र स्वास प्रवाह गराउन सकिने अभ्यासका माध्यमबाट प्रस्तुत गरिएको छ । यस वर्ष मौसम पुर्वानुमान महाशाखाका अनुसार औषत भन्दा बढि पानी पर्ने अनुमान गरिएकोमा पुर्व तयारीका लागि नगरपालिकाले तालिम पश्चात कृतिम घट्नाका माध्यमबाट पुर्व तयारी गरेको हो ।
बाढि र डुवानबाट विगतका वर्षहरुमा जनधनको क्षेति तथा मानविय क्षेति हुने गरेकामा यसवर्ष नगर प्रहरीहरुलाई तालिम प्रदान गराई कृतिम विपद् घट्ना अभ्यासका माध्यमबाट जस्ताको त्यस्तै अभ्यास गराइएको हो ।
विपद्का वेला बाढिको जोखिम न्युनिकरण गर्न तथा जनधनको क्षति र मानविय क्षति हुनबाट बचाउने उदेश्यले नगरपलिकाका नगर प्रहरीहरुलाई तालिम प्रदान गराई तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरिएको ठाकुरबाबाका उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो ।
पालिकासंगको सहकार्यमा प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावणीय विशिष्टता समुह वि गु्रपको साझेदारीमा बालविवाह न्युनिकरण, लागुपदार्थ दुव्र्यसनी, विपद व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा सराहनीय कार्य गरेकामा मेयर तिलकराम लम्सालले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राम्रो कार्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितीका सहायक प्रमुख जिल्ला अधिकारी रोसन कुमार कठायतले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये बाढिको उच्च जोखिममा रहेको रुपन्देही पछिको दोस्रो बर्दिया जिल्ला रहेकामा रहेकोमा यस्ता कृतिम घट्ना अभ्यास गरिएको बताउनुभयो ।
बर्दियामा ठुला नदि कर्णाली बबई, भादा लगायत साना ठुला खोला नदि रहेकामा बाढि तथा डुवानबाट बढि प्रभावित हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमहरु बर्दियाका ८ स्थानीय तहमध्ये गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपलिकासहित गरि ६ पालिकामा संचालन भैसकेको र बाँकी पालिकामा पनि संचालन गरिने उहाँले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा संचालित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्निया, इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँ, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय ठाकुरबाबा बर्दियाको सहकार्यमा बाढी विपद् कृत्रिम घटना नमूना खोज तथा उद्धार अभ्यास कार्यक्रम संचालन गरिएको हो ।
ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न कृतिम घट्ना नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्ययता तथा उपमेयर विना कुमारी भट्टराईको विशिष्ट आतिथ्ययता रहेको थियो ।
कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख (वरिष्ठ संरक्षण अधिकृत) डा. असोक कुमार राम, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख रोशन कुमार कठायत, जबरजंग गणका गणपति प्रमुख सेनानी चिरञ्जीवी पौडेल रहनुभएको थियो ।
यस्तै ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक उत्तम बहादुर जिसी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट सशस्त्र बल उपरीक्षक दामोदर सुबेदी, ठाकुरबाबा नगर प्रहरी कार्यलयबाट नगर प्रहरीहरु तथा सहायक निरिक्षक हिरासिंह थारु, ठाकुरबाबा नगरपालिका स्वास्थ शाखा प्रमुख राजेन्द्र सुवेदी, नेपाल रेडक्रस सोसाइटी बर्दियाका प्रमुख नरेन्द्र शर्मा कोराइला लगायतको सहभगिता रहेको वि-ग्रुपका प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।