
नेपालगन्ज / गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । सदाको बर्ष झै यो बर्ष पनि गुरुङ जातिको महान पर्व तमु ल्होसार अर्थात गुरुङ जातिको नयाँ बर्ष मुप्री ल्हो गिद्ध बर्ष पौष १५ गतेका दिन मनाईएको हो । नया बर्ग धुमधामका साथ देश तथा बिदेशमा पनि धुमधामको साथ मनाइएको छ । ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आ–आफना भेषभुषामा सजिएर गुुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । विषेश कार्यक्रमको स्वागत मन्तब्य तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेकाका उपाध्यक्ष हरिता गुरुङ्गले गर्नु भएको थियो ।
सो ल्होसारको विषेश कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य अनिता गुरुङ्गले गुरुङ्गहरुको आफनो भेषभुषा र भाषालाई संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले विभिन्न भाषाभाषीको संरक्षणमा प्रतिबद्ध भई जातिगत संस्थाहरु लाग्नु पर्ने बताउनुभयो ।
सो विषेश कार्यक्रममा विशिष्ठ अतिथि उच्च अदालत तुलसीपुर इजलासका माननीय टक प्रसाद गुरुङ्गले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरि आदिवासी जनजाति महासंघका अध्यक्ष डम्बर बहादुर थापा, नेपाल मगर सघं बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर, नेपाल तामाङ्ग घेदुङ्ग, बाँकेका अध्यक्ष सरोज तामाङ्ग, थारु कल्याणकारी सभा परिषदका मंमल चौधरी, तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषदका पूर्व अध्यक्षहरु युग बहादुर गुरुङ्ग, चेत बहादुर गुरुङ्ग, तमु विद्यार्थी छोज धी बाँकेका अध्यक्ष प्रकास गुरुङ्ग लगायतले आ–आफना विचार तथा शुभकामना ब्यक्त गरेका थिए ।
सो तमु ल्होसारको बिषेश कार्यक्रमको अवशरमा गुरुङ्ग जातिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै स्व.लाल प्रसाद गुरुङ्ग अक्षय कोष निर्माण गर्न योगदान पु¥याएको भन्दै छोरी बिमला गुरुङ्गलाई सम्मान गरिएको थियो । सो विषेश कार्यक्रममा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा प्रथम स्वस्तिका गुरुङ्ग, द्धितिय समिक्षा गुरुङ्ग र तृतीय काजल गुरुङ्ग विजेता भएकी थिईन् । नृत्य प्रतियोगिताका निर्णायक मण्डलमा पदम गुरुङ्ग र गंगा गुरुङ्ग रहेका थिए ।
तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । तमु ल्होसारको अवशरमा कोहलपुर सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका सचिव सोम गुरुङ्गले जानकारी दिए । सो बिषेश कार्यक्रमको सन्चालन श्वेता गुरुङ्गले गरेकी थिईन् ।