
नेपालगन्ज । हिजोआज खासगरी शहर बजारमा युवामाझ हुक्का सेवन गर्ने फेसन चलेको छ । चुरोटभन्दा हुक्कामा विभिन्न स्वादका लागि युवा पुस्ता यसप्रति निकै आकर्षित भएको पाईन्छ ।
हिजो आज त झन् युवा-युवतीहरुले घर, रेष्टुरेन्ट तथा बार गएर हुक्का सेवन गरेर सामाजिक संजालमा तस्बिर राख्ने प्रतिस्पर्धा पनि देख्न सकिन्छ ।
यस्तै हुक्का प्रेमीहरुका लागि अब नेपालगन्जमा आधिकारिक विक्रेता लिदै काकाको हुक्काले नेपालगन्जका विभिन्न रेष्टुरेन्ट , पसलहरुमा नेपालमै बनेको स्वदेशी उत्पादन, निकोडिन(फ्रि भएको ग्रिन टि) बाट बनेको पान मसला, मिन्ट र डब्बल एप्पल गरि ३ वटा आइटम नेपालगन्जमा भित्र्याएको आधिकारिक बिक्रेता किसन गुरुङ (कल्लु)ले बताएका छन ।
स्वदेशी उत्पादन र निकोडिन फ्रि हुक्काले स्वास्थ्यमा तेस्तो कुनै असर नपर्ने र जाडो होस या गर्मी, सबै उमेरका लागि फेसन चलेको हुक्काले पछिल्लो समय निकोडिन फ्रि रहेको हुक्काले युवा युवतीहरुको मोह नै बसेको गुरुङ बताउछन ।