
नेपालगञ्ज / बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदै दोस्रो नेपालगन्ज किड्स फेस्टिभल २०८० सम्पन्न भएको छ
बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृता गरी चार विधामा स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको थियो। फेस्टिभलमा नृत्य, गायन, चित्रकला र वक्तृता चार विधामा प्रिस्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको थियो ।
जसअन्तर्गत खुला एकल नृत्यमा दिलिप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् । प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भएका छन् । प्रिस्कुल तहको एकल नृत्यमा इसिका एरी प्रथम, क्रिस्टिना थारु द्वितीय र विधि विष्ट तृतीय भएका छन् । निर्णायकमा प्रसिद्ध डान्स आइकन सुजन मार्पा तामाङ रहनुभएको थियो ।
त्यसैगरी सामूहिक नृत्यतर्फ खुला तहमा धम्बोझी स्कुलका दिलिप, बिसु समूह पहिलो, ड्रिम्स डान्स स्ट्डियोका विनायक, अनिकेत समूह दोस्रो तथा स्वस्तिका, सुहाना, रिदिमा, पूर्णिमा समूह तेस्रो भएका छन् । प्राथमिक तहमा जेएस स्कुलका संस्कृति,निहारिका,तृष्णा,जेनिसा,सुहाना समूह पहिलो, प्रज्ञालय स्कुलका साइसा, अधिरा, इरिना, आश्री, क्रिस्टिना, इसिकाको समूह दोस्रो र सोफिया स्कुलका स्वीकृति, सिवानीको समूह तेस्रो भएको छ । प्रिस्कुल तहको सामूहिक नृत्यमा प्रज्ञालयका जेनिस, आरोग्य, दिप्केश, चिरञ्जीवी र आयुष्मान्को समूह प्रथम, रेहान्सी, प्रिन्सिसा, प्रियन्सी, नेमिस्ता, आर्शियाको समूह दोस्रो तथा मोर्डन क्रियटिभ स्कुलका लक्षिता, समीक्षा, प्राप्ति, समारिकाको समूह तेस्रो भएका छन् ।
खुला गायनतर्फ ब्राइटल्यान्डकी सन्ध्या महर पहिलो, सोफिया स्कुलकी सादिया रिजा मन्जरी दोस्रो र प्रोनिता सुनार तेस्रो भएका छन् । गायनको निर्णायकमा गायक, संगीतकार प्रभात सुवेदी तथा रेडियोकर्मी, गायक कमल बिके निर्माही हुनुहुन्थ्यो । त्यसैगरी खुला वक्तृता प्रतियोगितामा युवराज बोगटी पहिलो, हिमाल कठायत दोस्रो र गरिमा खनाल तेस्रो भएका छन् । चित्रकला विधा अन्तर्गत खुलातर्फ सौम्या चौधरी पहिलो, सगुन सुनार दोस्रो र स्वस्तिका गुप्ता तेस्रो भएका छन् । प्राइमरी तहमा एबीसी स्कुलकी श्रृंखला निलसागर प्रथम, आयुषी जोशी दोस्रो र साहाना तस्रो भएका छन् । प्रिस्कुल तहमा प्रज्ञालयका परमार्थ प्रताप सिंह पहिलो, दृशान्त बुढामगर दोस्रो र इभा शर्मा तेस्रो भएका छन् ।