विवाह बर्ष उत्सवमा छात्रवृत्ति वितरण र वृक्षाराेपण

|

खजुरा। कल्पना फाउण्डेसन कि अध्यक्ष कल्पना पाेडेल जिज्ञासु र ज्ञानाेदय मा वि का प्र अ ऋषिराम सापकाेटाकाे वैवाहिक बर्ष उत्सवकाे अवसरमा कल्पना फाउन्डेसनले आयाेजना गरेकाे छात्रवृत्ति वितरण,वृक्षा राेपण तथा रचना वाचन कर्यक्रम ज्ञानाेदय मा वि मा सम्यन्न भएकाे छ। विगतका वर्ष हरुमा जस्तै ज्ञानाेदय मा वि मा अध्यानरत ३ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस ,ब्याग स्टेस्नरी वितरण गरिएकाे थियाे, उक्त कार्यक्रममा विध्यालयकाे परिसरमा साे प्लान्टका विरुवाहरु राेपिएकाे थियाे। कार्यक्रममा साहित्यकार तथा श्रष्ठा हरुले कविता ,मुक्तक, गजल, र लधुकथा वाचन गर्नु भएकाे थियाे। विवाह उत्सवलाई ज्ञानाेदय मा वि का शिक्षक तथा कर्मचारीहरुले केक काटेर सापकाेटा र जिज्ञासुलाई शुभकामना प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि वार्ड नं ३ का वडा अध्यक्ष पुर्ण बहादुर भन्डारी,वि ब्य. स अध्यक्ष भिमसरा भण्डारी ,पिटिए अध्यक्ष मानबहादुर भण्डारी , खजुरा प्रज्ञाप्रतिष्ठान उपकुल पति डा ईन्द्र बहादुर भण्डारी, विश्लेषक डा जनार्दन आचार्य, साहित्यकार किरण आचार्य ,कल्पना खरेल ,क्याम्पस प्रमुख चरित्रा शाह , मणि अर्याल , बाेधराज प्याकुरेल, ईन्दिरा गाैतम, लक्ष्मी भट्टराई आदिले मन्तब्य र आफ्ना रचनाबाट विवाह उत्सबकाे शुभकामना प्रदान गर्नुकाे साथै यस्ता विशेष दिनहरुमा यस्ता रचनात्मक कार्यक्रम गरेर मनाउने गरेका सापकाेटा र जिज्ञासुलाई धन्वाद दिएका थिए। अरुले पनि यस्ताे कार्यलाई अनुसरण गर्नु पर्नेकुरा औलाएका थिए। फाउण्डेसनका सचिव लेक प्रसाद प्याकुरेलले संचालन गरेकाे कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकाेटाले उपस्थित सवैलाई स्वागत तथा धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे। कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिहरु र ज्ञानाेदय मा वि का सम्पुर्ण शिक्षक कर्मचारी र उपस्थित सवै जनालाई फाउण्डेसन कि अध्यक्ष कल्पना पाैडल जिज्ञासुले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे।

२०८० मंसिर ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।