सूर्यको पूजा आराधना गरी आज आइतबार छठ पर्व मनाइयो

|

काठमाण्डौं / देशभर सूर्यको पूजा आराधना गरी आज आइतबार छठ पर्व मनाइएको छ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

छठका लागि तराई तथा उपत्यकाका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौंका विभिन्न १३ वटा जलाशयमा सूर्यको अर्घ्य दिइएको हो। व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्।

काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ। त्यहाँ छठ मनाउन राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत पुगेका थिए।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

२०८० मंसिर ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।