छठ पर्बमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

|

काठमाडौ ।  छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा मङ्सिर ४ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हिजो शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिने जानकारी गराएको हो ।

 

२०८० मंसिर २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।