टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन

|

काठमाण्डौं / सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अधिवक्ता त्रिपाठीले टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र , नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासनअनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेको छन् । हाल ती रिट अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने घिमिरेले बताएका छन् ।

२०८० मंसिर १, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।