श्रीमतीको हत्याको गरेको अभियोगमा श्रीमान पक्राउ

|

अछाम । अछाममा श्रीमतीको हत्याको गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) सन्तोष पाठकले बताएका छन् । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० कार्तिक ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।