नेपालगन्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमाआगलागी

|

नेपालगन्ज / नेपालगन्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमा अहिले आगलागी भएको छ । कारण खुल्न सकेको छैन । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा ल्याइसक्दा ठुलो नोक्सानी भैसकेको देखिन्छ ।
आइतबारनै लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज आगलागी भएको हो ।
लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।

२०८० कार्तिक २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।