
१ करोड राहत सहयोग गर्ने प्रतिबद्धता
नेपालगन्ज / जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल नाराको साथ जाजरकोट र रुकुममा गएको बिनासकारी भूकम्पले पारेको धनजनको क्षतिमा लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनको नेतृत्वमा नेपालका सम्पुर्ण लायन्स र अन्तरराष्ट्रिय लायन्सबाट राहत सामाग्री वितरणका बिषयमा आज आयोजित पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
जाजरकोट र रुकुममा गएको विनाशकारी भुकम्पका कारण भएको धनजनको क्षतीमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ’एन’को तर्फबाट पहिलो चरणमा तत्कालै कार्तिक १८ गते नेपालगन्जबाट डिष्ट्रिक्ट गर्भनर लायन मुकुट ढकालको नेतृत्वमा र सुर्खेत जिल्लाबाट डिष्ट्रिक्ट एकज्यूटिभ चिफ लायन टिकाराम चपाईको नेतृत्वमा गएको टोलीले १७ लाख बराबरको आपतकालिन राहत जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १ को चिउरी बस्ती, भेरी नगरपालिका वडा नं. १ को राउत गाउँ, पिपे, रिम्रा र कोल्चौरमा ५ सय जनालाई त्रिपाल, बल्यांकेट, चामल, म्याट, खाने तेल, दाल, पिठो, नुन, फ्रूटी, चिउरा, भुजा, बिस्कुट, पिफम, टोपि, जुत्ता, चप्पल, औषधी आदि वितरण गरिएको पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
त्यसैगरी मंसिर २१ गते डिष्ट्रिक्ट ३२५ ’के’ को टिम जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ३ मा १ सय २५ जनाको लागि त्रिपाल र बल्यांकेट लिएर प्रस्थान गरेको छ । आज कार्तिक २२ गते डिष्टिक्ट ३२५ ’एम’ बाट स्यांडजाको टिम पश्चिम रुकुमको आठबिसकोट नगरपालिका क्षेत्रमा १०० परिवारका लागि आवश्यक सामाग्री लिएर अगाडि बढेको छ । नेपाल सरकारको एकद्वार प्रणाली झै समग्र नेपाल भरिका लायन्सहरुको सहयोगलाई एकिकृत गरि डिष्ट्रिक्ट ३२५ ’एन’ को नेतृत्वमा वितरण गर्ने योजना रहेको समेत जानकारी गराईएको छ ।
’जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने भावले सार्थकता प्राप्त गर्दै गर्दा नेपाल भरीका लायन्सहरुले जाजरकोट र रुकुममा गएको भुकम्प पिडितहरुका लागि सामुहिक हातेमालोको प्रस्तावले हामीलाई उत्साहित बनाएको छ । नेपालका १५ वटा डिष्ट्रिक्ट (सि, डि, इ, एफ, जि, एच, आई, जे, के, एल, एम, एन, पि, आर, एस) बाट करिब रु ३५ लाख र लायन्स अन्तराष्ट्रियको तर्फबाट अमेरिकी डलर ५० हजार गरि झण्डै १ करोड बराबरको आवश्यक सामग्रीहरुमा सहयोग गर्ने प्रतिवद्धता अनुसार दोश्रो चरणको राहत वितरणको प्रक्रियामा रहेको जानकारी दिईएको छ ।
लायन्स क्लबको तर्फबाट गरिएको आकस्मीक सहयोगमा अन्य विभिन्न संघ संस्था (सुर्खेत उद्योग बाणिज्य संघ र भेरी उद्योग बाणिज्य संघ, नेशनल अटोमोबाईल डिलर्स एशोसिएसन, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, सुर्खेत सुनचाँदी व्यवसायि संघ, यशोधा फुड्स प्रा.लि, बुटवल) हरुले पनि हातेमालो गरेको छ ।