पाल्पामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

|

पाल्पा । पाल्पाको रानीमहल दरबार नजिकै जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् ।

बाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु र एक जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयाे । दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषकाे मृत्यु भएको तर कसैकाे पनि परिचय नखुलेकाे उहाँले जानकारी दिनुभयो ।

पाल्पाको तानसेन हुँदै रानीमहल जाने क्रममा बैकुण्ठभीर नजिकैबाट जिप खोलामा खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।

२०८० कार्तिक ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।