कतार / नेपाली कला संस्कृतिको सम्मान गरौ,प्रवासमा रहेको प्रतिभाको खोजी गरौ भन्ने मूल नाराको साथ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमू (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा गैरआवासीय नेपाली तारा २०२३ हुने भएको छ।
गायन वा नृत्यको भिडियो बनाएर मदन गुरुङको ह्वाट्सप नम्बर ३१२९९५०७ मा पठाएर डिजिटल अडिसनमा सहभागिता जनाउन सकिनेछ भने डिजिटल अडिसन बाट उत्कृष्ट ४०/ ४० जना छनोट गरिनेछ।
पहिलो अडिसन २४ नोभेम्बर २०२३ मा हुनेछ भने दोश्रो अडिसन ०८ डिसेम्बर २०२३,तेस्रो अडिसन २२ डिसेम्बर २०२३ र ग्राण्ड फिनाले ०२ फेब्रुअरी २०२४ मा हुनेछ।
गायन तर्फका बिजेताले कतारी रियाल ५००० प्राप्त गर्नेछन् भने नृत्य तर्फका बिजेताले कतारी रियाल ४२०० प्राप्त गर्नेछन्। दोस्रो पुरस्कार भने गायन र नृत्य दुवैतर्फ नेपाली रूपैया ७५ हजार राखिएको छ।






