
राष्ट्रिय सूचना सम्मान–२०८० बाट टंक अर्याल सम्मानित
नेपालगन्ज / सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँके ११ औं वर्षमा प्रवेश गरेको छ। केन्द्रले शनिबार नेपालगन्जमा आफ्नो ११ औं साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपालगन्जका मेयर प्रशान्त बिश्ले सूचनाको अधिकार कार्यान्वयनमा केन्द्रले उल्लेख्य कार्य गरेको बताउनुभयो । उहाँले सूचना पाउने अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकामा सूचना अधिकारी तोकिएको स्पष्ट पार्नुभयो ।
जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा जान्ने अधिकार सबै नागरिकको भएकाले सहजरूपमा सबै निकायले सहजरूपमा सूचना प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक सरोकारका कार्यमा सूचना अझ बढी महत्त्वपूर्ण हुन्छ, मेयर बिरले भन्नुभयो, ’सूचना प्रदान गर्ने कार्यलाई सहज बनाउन सबै निकायबीच समन्वय आवश्यक छ।’
साधारणसभामा सूचनाको हकका अभियान्ता तथा डिजिटल लाईट नेपालका अध्यक्ष टंक अर्याल, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय नन्दलाल वैश्य, कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, फातिमा फाउन्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्धिकी, क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका अध्यक्ष एवं अभियान्ता डा. समेत रहनुभएका डा. विनोद कर्णले केन्द्रले सूचनाको अधिकारका विशेष भूमिका निर्वाह गरेको बताउनुभएको थियो । अध्यक्ष विश्वजित तिवारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
राष्ट्रिय सूचना सम्मान–२०८० बाट अर्याल सम्मानित सूचना अभियान्ता एवं डिजिटल नेपालका अध्यक्ष टंक अर्याललाई राष्ट्रिय सूचना सम्मान–२०८० बाट सम्मानित गरिएको छ । केन्द्रले सूचना अधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउँदै आएका व्यक्तिलाई प्रदान गर्दै आएको सम्मान यस वर्ष अर्याललाई प्रदान गरिएको हो।