
नेपालगन्ज / जनजाति कल्याण आश्रम नेपाल बाँकेद्वारा जनजाति बाल–बालिकाहरुका लागि समर्पित एवं सञ्चालित “आमाको माया छात्रावास नेपालगंजको प्रथम बार्षिक उत्सव भब्यताका साथ कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री सी.के. गुप्ताले आफनो सनातानी हिन्दू धर्मलाई जर्गेणा गर्नु पर्ने आवश्यक्ता आई सकेको बताउनुभयो साथै सम्पुर्ण सनातनी समुदाय एकजुट भएर संरक्षणको महाअभियानमा लाग्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रमका विशिष्ठ अतिथि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले कार्यक्रमको सफलताको शुभकामना दिनु हुदै आफनो सनातनी धर्मलाई संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
जनजाति समाजको स्वधर्म, संस्कृति एवं परम्पराको संरक्षण एवं सर्वाङगीण विकास गर्ने उद्देश्य लिई विगत २० वर्षदेखि जनजाति कल्याण आश्रम, नेपाल कार्यरत छ । यस कार्यको सामाजिक सुविधाहरुबाट वञ्चित बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, स्वालम्बन तथा संस्कार प्रदान गर्ने उद्देश्यका साथ आमाको माया छात्रावास ११ स्थानमा स्थापना भई सकेका छन् । नेपालगन्ज उपहानगरपालिकाको परसपुरमा स्थापना भएको आमाको माया छात्रावासको प्रथम वार्षिकोत्सव कार्यक्रम गरिएको जनजाति कल्याण आश्रम नेपाल बाँकेका अध्यक्ष कृष्णा देवी पाण्डेयले जानकारी दिनुभयो ।