नगर स्तरिय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य कार्यक्रम सम्पन्न

|

बर्दिया । मधुवन नगरपालीकामा राष्ट्रिय बाल दिवस, बाल विवाह न्यनिकरण शिर्षक राखी नगर स्तरिय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य कार्यक्रम गरी मनाइएको छ । मधुवन नगरपालीका, नेपाल साहित्यकला प्रतिष्ठान बर्दियाको आयोजना र बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय बिशिष्टता समुह बि-ग्रुप, बेस बर्दिया सहभागी थिए । यो वर्ष ‘वाललबालीकामा लगानी, सुनिश्चित भबिश्यको थालनी’ भन्ने नारा तय गरिएको छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।

दिवसको अवसरमा मधुवन नगरपालीकाले बाल विवाह न्यनिकरण शिर्षक राखी नगर भित्रका सामुदायिक तथा सस्थागत गरि १२ वटा बिद्यालयको नगर स्तरिय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य प्रतियोगिता संचालन गरेको छ । वाल विवाहका कारण हुनेजोखिम तथा यसका असरहरु,कानुन मा भएका नितिगत ब्यबस्था, बारे जनचेतना फैलाउने कार्य गरिएको थियो ।
वाल दिवसको अबसर पारि शिक्षा तथा सामाजिक क्षेत्रमा कृयाशिल सस्था प्लान इन्टरनेशनल, भेरी वातावरणीय बिशिष्टता समुह बि.ग्रुप बाँके, बेस बर्दिया, र सोनाह बिकास समाज बर्दियालाइ सम्मान पत्र प्रदान गरिएको थियोे ।

२०८० भाद्र ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।