बारबर्दिया नगरपालीकामा सरोकारवाला पक्षबाट संयुक्त अनुगमन

|

बर्दिया । प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि-ग्रुपको साझेदारि बारबर्दिया नगरपालीकाको समन्वयमामा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत परियोजना मार्फत संचालन भएका कुयाकलापहरुको निरिक्षण श्री नेपाल राष्ट्रिय आधारभुट बिद्यालय तर्कापुर र श्री बाल बिद्या आधारभुत बिद्यालय सिम्रहवामा जनप्रतिनिधि तथा बिषयगत शाखाका शाखा प्रमुख र कर्मचारिहरुवाट संयुक्त रुपमा अनुगमन निरिक्षण सम्पन्न गरिएको छ ।
परियोजना मार्फत बिधालयमा भएका कृयाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धीका बिषयमा छलफल गरिएको थियो । अनुगमनका क्रममा बिधालयका प्राधानाध्यापक ललीत सापकोटा बाट प्लान इन्टरनेशनल नेपाल तथा बि-ग्रुपको साझेदारिमा बिद्यालय तहमा बिद्यालयको आचारसंहीता र बाल संरक्षण नीति निर्माण गरी यसका बारेमा अधिकांश शिक्षक बिद्यार्थीहरु बि.व्य.स र शि.अ.स सदस्यहरुलाई जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ । बिद्यालयमा बालबालिकाहरुको समस्या सुन्नकालागि फोकल शिक्षकको व्यवस्था गरी बिद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरि प्राप्त हुने गुनासोहरुलाइ सुनुवाई समिति मार्फत गुनासो अभिलेखिकरण गरि सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताए ।
सस्थाको बिद्यालय छाड्न सक्ने र वालविवाहको जोखिममा रहेका बालबालीकाहरुका लागी अतिरिक्त कक्षा संचालन गरेको र यसबाट न्युन सिकाइ कमजोर भएकाहरुको सिकाइ उपलब्धी समेत बृद्दि भएको श्री बाल बिद्या आधारभुत बिद्यालय प्रधानाध्यापकले बताउनु भयो ।
अनुगमनमा बारबर्दिया नगरपालीका नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले सस्थाले संचालन गरेका हरेक कृयाकलाप उदेश्यमुलक तथा उपलब्धी मुलक भएको अनुगमनका क्रममा परियोजना बाट बिद्यालयको आचारसंहिता निर्माण, वाल संरक्षण निति, लैगिक मैत्री शिक्षण सिकाइ,सुरक्षित बिद्यालयका सुचकले निर्देशन गरेका हरेक पक्षलाई बिद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास गरेको बताउदै यसको सस्थागत गर्नका लागी पालीकाले यसको पहल गर्ने र आगमी दिनमा पालीका र पालीका स्तरमा काम गर्ने साझेदार सस्थासंगको साझेदारिमा यस खालका कामलाइ निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रमको अनुगमन बारबर्दिया नगरपालिका को तर्फबाट नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, स्वास्थ्य शाखा प्रमुख÷ निमित्त प्रमुख प्रशासकिय अधिकृत दिल्ली राज शर्मा, शिक्षा युवा तथा खेलकुद शाखा को प्राबिधिक साहायक खोम राज काफ्ले, महिला बालबालिका शाखा प्रमुख उषा पुन, र मेयर सचीवालय सदस्य दिनेश जैशी प्लान इन्टरनेशनल नेपालको तर्फबाट बिमल गैरे, बि-ग्रुपको तर्फबाट कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्याय, प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्मा, प्राबिधिक संयोजक रामरुप कौशल, अनुगमन मुल्याकंन अधिकृत एलिशा दहित, र फिल्ड सुपरभाइजर राकेश कंडेल को उपस्थिति रहेको थियो ।

२०८० भाद्र २७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।