वर्षाका कारण रोकियो नेपाल-भारतबीचको खेल

|

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । दोस्रो इनिङमा नेपालले बलिङ गरिरहेको अवस्थामा वर्षा भएपछि खेल पुनः अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा र सुग्मन गीलले ब्याटिङ गरिरहेका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले बलिङ गरिरहेका थिए । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले हालसम्म १५ रन बनाएको छ । खेलाडीहरुलाई हौशला प्रदान गर्नका लागि मेयर बालेन शाह र रवि लामिछाने पनि श्रीलंका पुगेका छन् ।

२०८० भाद्र १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।