
नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसीले नेपालगन्ज उपमहानगरपालिकालाई शान्ति सुब्यबस्था कायम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसी सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जमा आउनुभएको छ । सरुवा भएर आउनुभएका बिसी नेपालगन्जको वडा प्रहरी कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्नुभएको छ । नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु पछि नहट्ने प्रतिवद्धता जनाउनुभएको छ । वडाको हरेक गल्ली टोलमा सुरक्षाको अनुभुत गराउने आफु कटिबद्ध रहेको बताउनुभयो ।
प्रहरी र पत्रकार नङ र मासु जस्तै भएको हुनाले एक आपसमा जहिले पनि सहकार्य गरेर अगाडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आफुलाई दिन मिल्ने र सहकार्य गर्ने ठाउँमा कुनै कन्जुस्याई नगर्ने उहाँले दावी गर्नुभयो । नेपालगन्ज सदभावको शहरलाई अझ प्रगाढ बनाउन मेरो योगदान अतुलनिय रहने प्रमुख विसीले बताउनुभयो । नेपालगन्ज वडामा आएको चौथो दिनमा उहाँले पत्रकार भेटघाट गरि नेपालगन्जको विषयमा छलफल गर्नुभएको छ । नेपालगन्ज वडावासीलाई शान्ति सुरक्षाको महशुस दिने मेरो कर्तव्य हो यसमा वडावासीको पनि साथ सहयोग चाहिन्छ उहाँले भन्नुभयो ।