नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल

|

बाँके / नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल विजयी भएका छन् । युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा कमल खत्री र महिला उपाध्यक्षमा निशा शाह निर्वाचित भएका छन् । भने, सचिवमा भिष्म लोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा खडकवहादुर खत्री विजयी भएको प्रेस युनियन बाँकेले जनाएको छ ।
सदस्यमा समिर शाही, बिक्रम बुढाक्षेत्री, रामप्रसाद आचार्य, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष, प्रेम सिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन् ।

२०८० श्रावण २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।