
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय भवन मधुवन नगरपालीकाका नगर प्रमुख तेज बहादुर भाटको प्रमुख आथित्यतामा हस्तान्तरण गरिएको छ ।
मधुवन नगरपालिका वडा नं.७, दशरथवस्तीमामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई भेरी वातावरणीय बिशिष्टता समुह (बि–ग्रुप) बाँकेले बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन हस्तान्तरण गरेको हो ।
प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय बिशिष्टता समुह, (बि–ग्रुप) बाँकेको साझेदारि तथा मधुवन नगरपालीका शिक्षा,युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा बाल विवाह न्युनिकरण परियोजना मार्फत विद्यालयलाई पक्की शौचालय हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेले जनाएको छ ।
विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय भवन ११ लाख ९७ हजार, ४ सय ५७ रुपैयाँको लागतमा २०७८ साल पौष २१ गतेदेखि निर्माण कार्य सुरु भई २०७९ साल फागुन २९ गते निर्माण सम्पन्न भएपछि शौचालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको बाल बिवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता,र महिनावारी भएको अबस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्दि भएको पाउनुका साथै बिद्यालयमा बालबालीकाहरु नियमित भइ रहने र वालीकाहरु वालविवाहको पर्नसक्ने जोखिम न्युनिकरण हुने अपेक्षा बक्ताहरुले आफनो भनाइ राख्नुभएको थियो ।
बिगत १ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका, ठाकुरबाबा नगरपालीका, र गेरुवा गाउपालीकामा प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणीय समुह (बि–ग्रुप) को साझेदारि तथा परियोजना संचालन भएका स्थानिय तह संगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा,वालविवाह जोखिम हुन नदिनका लागी आयआर्जनमा सहयोग, संरक्षण, र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा सस्थाले पैरवी गर्दै आइरहेको संयोजक शर्माले बताउनुभयो ।