
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक परेको छ । उहाँका पुजनीय पिता डम्बरराज सुवेदीको शुक्रबार उपचारका क्रममा निधन भएको छ ।
उहाँको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो । यसैबीच नेपाल पत्रकार महासंघ बाँके शाखाले सुवेदीका पिता डम्बरराज सुबेदीको निधन घट्नाप्रति दुःख व्यक्त गरेको छ ।
महासंघ बाँके शाखाले एक बिज्ञप्ति जारी गर्दै सुवेदीका बुबा स्वर्गीय डम्बरराजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ । स्वर्गीय डम्बरराज सुवेदी चार दशक शिक्षण पेशामा आवद्ध हुनु हुन्थ्यो । शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए । स्व.सुवेदीको शनिवार विहान ८ बजे अगैयाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।