नेपालगन्ज ग्यालरीको १४औं बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम

|

नेपालगन्ज / मध्य र सुदूरपश्चिमकै चर्चित सामाजिक संजाल फेसबुक ग्रुप “नेपालगन्ज ग्यालरी” ले आफ्नो १४औं बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ । ग्रुपले आफ्नो बार्षिकोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा न.८ मा रहेको श्री कन्या माबिको परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

ग्रुपले स्थापनाको आफ्नो १४ बर्ष पूरा गरेको अवसरमा विभिन्न १४ प्रजातिको बिरुवाहरु जस्तैः रक्तचन्दन , गुलमोहर , सितलचिनी , हररो , कुरिलो , सर्पगन्धा, अगस्त , बेल, राज वृक्ष , निम, धुपी , पारिजात , कोईरालो र अमलाको, बिरुवा लगाएको ग्रुपका एडमिन समिरमान श्रेष्ठले बताएका छन् ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको सहकार्यमा भएको वृक्षरोपण कार्यक्रममा नेपालगन्ज ग्यालरीका यडमिन समीर मान श्रेष्ठ र महेश श्रेष्ठ, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संयोजक डा.विनोद कर्ण, हरित नेपालगन्जका हेमन्तराज काफ्ले, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु लगायतहरुको उपस्थितिमा रहेको थियोे ।

कार्यक्रमको बारेमा आफ्नो भनाई राख्दै नेपालगन्ज ग्यालरीका एडमिन समीरमान श्रेष्ठले विगतका बर्षदेखि आफ्नो वार्षिकोत्सबमा केही न केही कार्य तथा वृक्षरोपण गरेर वार्षिकोत्सब मनाउने गरेको बताए । तेस्तै सम्पुर्ण ग्यालरीका शुभचिन्तक सदस्यहरुलाई धन्यवाद दिदै हामी तपाईंहरुकै सहयोगले १४ओैं वार्षिकोत्सब मनाउन पाएको बताएका थिए।

२०८० असार २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।