
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा वीरेन्द्र बहादुर शाह मनोनित हुनभएकाे छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई बिकास समितिकाे अध्यक्षमा मनोनित गरेको हो ।
गत जेष्ठ १२ गते प्रमोद धिताल नेतृत्वको बिकास समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा न-१३ का पुर्व वडाअधयक्ष समेत रहनुभएका शाहकाे नेतृत्वले अस्पतालमा रहेकाे बेथितीकाे अन्त्य गर्ने सर्वसाधारणले आशा गरेका छन् ।