परिबर्तन अपरिहार्य छ भन्ने नारालाई सार्थक तुल्याउनु हाम्रो दायित्व हो -ज्ञानेन्द्र गुरुङ

|

क्यालिफोर्निया/ नेपालको रमणीय तथा ऐतिहासिक जिल्ला लमजुङ जन्मनुभएका ज्ञानेन्द्र गुरुङ क्यालिफोर्निया स्थित नेपाली समाजमा परिचित नाम हो ।
सन् २००४ देखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको गुरुङको आफ्नै छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा रहेको छ ।

उहाँ नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ सोसाइटी अफ लसएन्जल्सको कार्यरत अध्यक्ष पनि हुन्।

अहिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितिमा आफ्नो निरन्तरता र क्रियासिलताको लागि अमेरीकाको निर्बाचन (२०२३-२०२५ )को कार्यकालमा परिवर्तन अपरिहार्य छ भन्दै डा. अर्जुन बंन्जाडेको टिम बाँट उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।
सक्रिय ढंगले अमेरिकाको विभिन्न राज्यहरुमा एनआरएनए अमेरिकाको चुनावी अभियानमा दौडिरहेका छन् ।

गुरुङ गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत (२०२१-२०२३ )को निर्बाचनमा बोर्ड अफ डाइरेक्टर मा अत्यधिक मतले विजयी हुनुभएको थियो ।

प्रबासमा आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्न नेपालीको पहिचान एंव अमूल्य आर्दशलाई माथि उठाउन र एनआरएन एनसीसी अमेरिका लाई सीमित ब्यक्तिहरुको घेराबन्दी बाट बाहिर निकालेर साढे ३ लाख गैरआवसिय नेपालीहरुलाई अपनत्व महसूस गराउन र संस्थालाई मर्यादित र ब्यबस्थापन गराउदै अगाडी बढाउने डा. बंजाडे टिमको मुख्य उध्येश्य रहेको छ ।

आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र परिवर्तन अपरिहार्य छ भन्ने यस टिमले अमेरिका भरी छरिएर रहेका विभिन्न संघ संस्थाहरुलाई समन्वय र गोलबन्ध गर्दै सामाजिक हितमा कार्यान्वयन गराउने एजेण्डा लाई ध्यान दिनेछ ।

उपाध्यक्षको उम्मेदवार गुरुङले सामुदायिक विकासको रफ्तारसंगै हाम्रा सभ्यता, संस्कृतिहरूलाई, उपयुक्त परम्पराहरूलाई र सुन्दर संस्कृतिहरूलाई संरक्षण गर्दै अगाडि बढाएर समृद्ध बनाउँदै अगाडि लैजाने प्रतिबध्दता ब्यक्त समेत गरेका छन् ।

२०८० असार २२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।