
अमेरिका/गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको निर्बाचन प्रकृयाको उम्मेदवारी मनोनयन दर्ता प्रकृया सकिए संगै विभिन्न राज्यको च्याप्टरहरुमा आगामी दुई वर्षीय कार्यकाल (२०२३-२०२५)का लागि राष्ट्रिय र च्याप्टरहरुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भैरहेका छन्।
यसैक्रममा, म्यासाचुसेट्स च्याप्टरमा अध्यक्ष प्रचण्ड श्रेष्ठ लगायत अन्य निर्वाचित सदस्यहरुको १५ जनाको नव निर्वाचित कार्यसमिति चयन भैसकेको छ।
साथै जम्मा ९८० जना एनआरएनए का मतदाताहरु रहेको म्यासाचुसेट्समा डा.अर्जुन बंन्जाडेको यहि जुलाई ८ तारिख शनिवार बेलुकी हुन गईरहेको चुनाबी सभालाई साथ दिन सबैजना तयारी रहेको नव -निर्वाचित च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले द वल्ड नेपाल न्युजलाई जानकारी गराएका छन् ।
निर्विरोध निर्वाचित प्रक्रियाका बारेमा अध्यक्ष प्रचण्ड श्रेष्ठले आफू लगायत सम्पूर्ण कार्यसमितिलाई निर्विरोध निर्वाचित गराउनका लागि महत्वपूर्ण भूमिका खेल्नु हुने सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन्।
यद्यपि, अन्य च्याप्टरहरुसंग तुलना गर्दा सदस्यता बिस्तार अभियानमा उल्लेखनीय सफलता हात पार्न सफल म्यासाचुसेट्स च्याप्टरका आगामी दुइ वर्षीय कार्यकाल (२०२३-२०२५)का लागि निर्विरोध निर्वाचित पदाधिकारिहरु:
१)अध्यक्ष : प्रचण्ड श्रेष्ठ
२)उपाध्यक्ष :खुम गुरुङ(राजु)
३)महिला उपाध्यक्ष:जमुना श्रेष्ठ
४)सचिव: सलोनी भण्डारी
५)महिला सचिव :स्नेहा पन्थी
६)कोषाध्यक्ष:समुन्द्र कुमार श्रेष्ठ
७)युवा संयोजक: मुकुन्द पोखरेल
८)महिला संयोजक: सुनिता केसी अधिकारी
९)सदस्य: दिपेन्द्र सुवेदी
१०)सदस्य: नवराज जमकटेल
११)सदस्य:सुरेन्द्र भट्टराई
१२)सदस्य: स्कन्द यादव
१३)सदस्य:इमान थिङ
१४)सदस्य:नित्या शर्मा
१५)सदस्य: सुधा गुरुङ