वडा नं.१५ लाई बालमैत्री वडा बनाउने अभियान शुरु

|

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ लाई बालमैत्री वडा बनाउने एक कार्यक्रमका सहभागीले बताएका छन् । बाल क्लबका पदाधिकारीलाई सन्चालन गरिएको दुई दिने बालमैत्री स्थानीय शासन तालिमका सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाहले वडा नंम्बर १५ लाई बालमैत्री वडा निर्माण गर्ने र बालबालिकाको अधिकारका लागि बाल संरक्षण कार्यविधिका आधारमा काम गर्ने वताउनु भयो । अध्यक्ष शाहले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यसैगरि वडा सचिव तेज बहादुर सिहंले तत्काल वडा स्तरीय बाल सन्जाल निर्माण गरि बालमैत्री वडा बनाउन अभिायान सन्चालन गर्ने वताउनुभयो । सो तालिममा वडा सदस्यहरू, बालअधिकार समितिका पदाधिकारी र बाल क्लबका सदस्यहरूको सहभागी रहेको थियो ।

सो तालिममाा सहभागी सरस्वती बाल क्लबका अध्यक्ष रोसन अली राई र शान्ति बाल क्लबका सचिव कुसुम कौरले आफुले सिकेका कुराहरु अन्य आफना क्लबका साथीहरुलाई सिकाउने प्रतिबद्धता जनाएका छन् । सो तालिममा नेपाल युवा परिषदका प्रदेश संयोजक सोम गुरुङ्गले सहजीकरण गर्नु भएको थियो । शान्ति, सम्बृद्धि र विकाका लागि स्वच्छ तथा हरित नेपालको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर १५ वडा कार्यालयको समन्वयमा सो तालिम सन्चालन भएको थियो ।

तालिममा बालअधिकार ऐन २०७४ का प्रावधानहरु, बालेमैत्री स्थानीय शासनका सुचकहरु, बालअधिकार, बाल क्लवको गठन प्रक्रिया तथा सन्चालन ईत्यादि विषयमा प्रशिक्षण गरिएको थियो । ऐनमा व्यवस्था भएको कानुनी व्यवस्था, स्थानीय सरकारले गर्नु पर्ने दायित्व र अधिकारका विषयमा तालिम दिइएको शान्ति, सम्बृद्धि र विकाका लागि स्वच्छ तथा हरित नेपालका अध्यक्ष गिता आर्चायले बताइन् । सो समापन कार्यक्रम निर्मल सुवेदीले सन्चालन गर्नु भएको थियो ।

२०८० असार १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।