बी–ग्रुपबाट निर्मित हातधुने स्थान बिद्यालयलाई हस्तान्तरण

|

बारबर्दिया / भेरी बातावरणिय बिशिष्टता समुह तथा प्लान इन्टरनेशनल नेपालको साझेदारिमा संचालित बालविवाह न्युनीकरण परियोजना संचालन भएको र बाल विवाहको जोखिम कम गर्नका लागी सस्थाले बिभिन्न खालका कृयाकलापहरु संचालन गरिरहेको छ । बारबर्दिया नगरपालीकाको समन्वयमा बारर्दिया नगरपालीका वडा नं ५ बनभुस्रिमा रहेको श्री जनशक्ति आधारभुत बिद्यालयमा हातधुत स्थान साथै शुद्ध पिउने पानीको निर्माण गरि बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डेबाट समुद्घाटन एवम बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
समुद्घाटन एवम हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख पाण्डेले स्थानिय सरकारको मुख्य दायित्व भएतापनि बी–ग्रुपले स्थानिय सरकार पुग्न नसकोको र अति आबश्यक भएको ठाउमा बारबर्दिया नगरपालीका संग समन्वय तथा साझेदारि गरि वाल विवाहको जोखिम कम गर्न र वालमैत्रि लैगिक मैत्री शैक्षिक बातावारण निर्माण गर्नका लागी महत्वपुर्ण भुमिका निर्वाह गरिरहेकोले सस्थालाई धन्यबाद दिनु भयो ।
पालीका भित्रका सामुदायिक बिद्यलयमा बालमैत्री शैक्षिक बिकासका गर्न यस आ.ब. २०८०/०८१ निति तथा कार्यक्रममा बजेटको ब्यबस्था गरि बालविवहा न्युनिकरणका लागी योजना बनाएको छ । कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा शुभकामना सस्थाका कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्यायले बालविवाह न्यूनीकरण परियोजना मार्फत बालीकाहरुको शैक्षिक कृयाकलापमा सहभागीता तथा उनीहरुको सहभागीता गराउदै पालीका स्तरको निती निर्माण कार्यमा सस्थाले पालीका संगको साझेदारिमा पैरवी गरिएको र बाल विवाह सबै पक्षको साझा मुद्दाका रुपमा रहेको छ । यसको न्युनिकरण गर्नका लागी बिद्यालयको वृहत्तर योजनामा सबै पक्षले ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बारबर्दिया नगरपालीका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रा.स. खुमराज काप्ले, वडा नं ५ का वडा अध्यक्ष लाल बहादुर चौधरी,बिधालय ब्यबस्थापन समिती र शिक्षक अभिभावक संघका अध्यक्ष एवम पदाधिकारी, शिक्षक, बिधार्थि लगायतको सहभागीता रहेको थियो । बिद्यालयले बालविवाह न्यूनीकरण परियोजना मार्फत बिद्यालय अध्यनरत बालबालीकाहरुका लागी शिक्षा स्वास्थ्य, भौतिक बिकासका विविध पक्षमा निरन्तर सहयोग र समन्वयकारी भुमिका निर्वाह गरे बाफत उच्च सम्मान गरिएको छ ।

२०८० असार १२, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।