डा. अर्जुन बन्जाडे आफ्ना चुनाबी अभियानको क्रममा,क्यालिफोर्निया लसएन्जल्स आउंदै

|

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे आफ्नो चुनाबी अभियानलाई तिब्रता दिंदै आगामी शनिवार, जुन २४, २०२३ का दिन क्यालिफोर्निया स्थित लस एन्जलस् आई पुग्दैछन्।

टेक्सास,ईलिनोई र केन्टकीमा भब्यताका साथ आफ्नो चुनाबी अभियान सम्पन्न गरिसकेका डा. बन्जाडे “परिबर्तन अपरिहार्य छ” भन्ने मुल एजेण्डाका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन (२०२३ -२०२५) को चुनावी प्रचार प्रसारको यस क्रममा क्यालिफोर्निया राज्यको लसएन्जल्स शहररमा यहि आगामी जुन २४ शनिबार बेलुकी ६ बजे लसएन्जलसमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

आगामी आसन्न निर्वाचन (२०२३ -२०२५ )नयाँ कार्यकालमा एनआरएनए अभियान्त डा.बन्जाडेको टिमबाट उपाध्यक्षका उम्मेदवार बनेका ज्ञानेन्द्र गुरुङ अनुसार हालसम्म आईसीसी सदस्य पदका उम्मेदवार पदम ठकुराठी, उपाध्यक्षका उम्मेदवार प्रेम तामाङ, महिला उपाध्यक्ष पदका उम्मेदवार सुनिता कंडेल र महासचिबका उम्मेदवार गोपेन्द्र भट्टराई रहेका छन् ।

त्यसैगरी महिला सचिव पदका उम्मेदवार शान्ती वाग्ले पौड्याल र युवा संयोजक पदको उम्मेदवार तेज पौडेल (बिनोद) र महिला संयोजक पदको उम्मेदवार सुनिता खत्री रहेका छन् ।
यतिबेला डा.अर्जुन बन्जाडेले आफ्नो चुनाबी अभियानलाई निरन्तरता दिंदै एनआरएनलाई सबैको साझा बनाउने उध्येश्यका साथ परिवर्तन अपरिहार्य छ भन्ने एजेण्डाको साकार गर्न विभिन्न शहरहरुमा कार्यक्रम तयार भैरहेको बताउंछन्।

यसै टिमबाट उपाध्यक्षका प्रत्याशी उम्मेदवार ज्ञानेन्द्र गुरुङले क्यालिफोर्निया लसएन्जल्सबासी सम्पुर्ण संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरु र सबै दाजुभाई तथा दिदिबहिनिहरुलाई यस अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागिताको निम्ति अनुरोध गर्दै तल उल्लेखित कार्यक्रम तालिका अनुसार कार्यक्रम हुने जानकारी द वल्ड नेपाल न्युज लाई दिनुभएको हो ।

कार्यक्रम तालिका:
मितिa: 24th June,2023 (Saturday)
समय:evening 6:00 pm
स्थान: EVEREST CUISINE
2075 E Orangethorpe Avenue Placentia, CA 92870
सम्पर्कको लागि-Tel: (818)-285-9793

२०८० असार ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।