
बाँके / प्रत्येक बर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइने गरिन्छ । त्यसै क्रममा आर्ट अफ् लिभिङ बाँकेद्वारा अन्तर्राष्ट्रिय योग दिवस २०२३ को उपलक्ष्यमा बाँकेका विभिन्न स्थानमा कार्यक्रमहरु गरेर मनाइएको छ ।
हिजो नेपालगन्जमा स्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा आर्ट अफ् लिभिङका प्रशिक्षक काब्य लम्सालको उपस्थितिमा सोही संस्थाका स्वयंसेवकहरु र अन्य योग गर्ने ब्यक्तिहरुको सक्रिय सहभागितामा विभिन्न योग आसनहरु र ध्यान गरेर मनाइयो भने आज कोहलपुरमा कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ केन्द्रको आयोजनामा आर्ट अफ् लिभिङ बाँके, मनोक्रान्ती योग र पतंजली योग समिती कोहलपुरसँगको संयुक्त समन्वयमा योगलाई उजागर गर्ने उदेश्यले र्याली र अन्तरक्रिया कार्यक्रम गरेर सम्पन्न गरिएको छ ।
उक्त र्यालीको मुल नारा “मानवताको लागि योग“ रहेको थियो। यस्तो किसिमको कार्यक्रमले यस क्षेत्रमा योगलाई उकास्न मद्दत पुर्याउनेछ र साथै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु सक्रिय रुपले गराउदै लैजाने आर्ट अफ् लिभिङका सक्रिय स्वयंसेवक रिषि सापकोटाले प्रतिबद्धता जनाउनुभएको छ ।