“थारु रत्न” पुरस्कारबाट डाक्टर राजन पाण्डे सम्मानित

|

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे पुरस्कृत भएका छन ।

थारु समुदायमा रहेको सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै थारु आयोगले डाक्टर पाण्डेलाई “थारु रत्न” पुरस्कारबाट सम्मानित गरेका हो ।

आयोगको चौथो स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी डाक्टर पाण्डेलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

२०८० असार ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।