फोहोरबाट मोहोर : बेकारबाट आविस्कार तीन दिने तालीम शुरु

|

सोम गुरुङ, नेपालगन्ज । भेरी वातावरणीय विशिष्टता समुह (वी-ग्रुप) बाँकेको आयोजना र विश्वका चिकित्सकहरु (MdM France) को सहयोगमा संचालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत “फोहोरको कम प्रयोग, पुन: प्रयोग, प्रशोधित प्रयोग सम्बधी रणनैतिक प्रवर्द्धन अभियान” कार्यक्रमलाई उजागर गर्न तीन दिने “बेकारबाट आबिस्कार” तालिम श्री महेन्द्र प्रसाद माध्यमिक बिद्यालय , नेपालगन्ज ८ मा सुरु भएको छ।

तालिममा उक्त बिद्यालयका ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको छ भने तालिमको सहजीकरण श्रीरेन्द्र प्रकाश पोख्रेलले गर्नु भएको छ।
आफ्नो घर, बिद्यालय , कार्यथलो अर्थात फोहोरको प्राथमिक स्रोतमै व्यवस्थापन गर्न यो तालिम आयोजना गरिएको हो। बिद्यार्थी ज्ञानको सम्बाहक हुन र उनिहरुबाटै घर र समाजमा सन्देश जाने भएकाले कागज, पोलिथिन, पानीको बोतल, चिसोको बोतल, पुराना सारी, प्लास्टिकका खोस्टाहरु आदि फोहोरहरुको प्रयोग गरि नयाँ सामाग्री जस्तै फुलको गुच्छा , बस्ने कुर्सी , चकटि लगायत विभिन्न किसिमका सजाउने एबम अन्य आवश्यक बस्तुहरु बनाउन सकिने र प्लास्टिक जन्य फोहोरको उचित ब्यबस्थान गर्न सकिने कुरा प्रशिक्षक पोख्रेलले बताउनु भयो।

जथाभावी उत्पन्न भएको फोहोरलाई मोहोर बनाउने अर्थात बेकारबाट अविस्कार गरिने कुराले फ़ोहोरको मूल्य बढाउने र फोहोरको सहि व्यवस्थान हुने भएकाले जनचेतनामुलक अभियान बि-ग्रुपले संचालन गरेको उक्त परियोजनाको संयोजक इन्द्रजीत सुनारले बताउनु भयो।

२०८० असार २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।