
बारबर्दिया । नेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नु रहेको देखिन्छ । यस प्रयोजनको लागि उपचारात्मक कक्षा (Remedial Class) पनि एउटा उपाय हुन सक्छ । विशेष गरी, सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थी बिच पनि सिकाइको स्तरमा निकै असमानता रहेको माध्यामीक तहका कक्षामा सिक्नु पर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समुह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्र्न आवश्यकता देखिएकाले प्लान इन्टरनेशन नेपाल तथा र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) द्वारा बर्दियाका बारर्दिया,मधुवन ठाकुरबाबा नगरपालीका तथा गेरुवा गाउपालीकामा का ४३ वटा परियोजना संचालन भएका सामुदायिक बिधालयमा बालबिबाह न्युनिकरण परियोजना मार्फत उपचारात्मक कक्षा (Remedial Class) संचालन गर्न गइरहेको छ ।
परियोजना संचालन भएका सामुदायिक बिधालयको उपचारात्मक कक्षाको माध्ययमबाट विद्यालयमा अध्ययनरत बालिकाहरुको विद्यालय छाड्ने बालबालिकाहरूमा विद्यालय छाड्ने सोच÷विचार लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्न का लागी यो कक्षा प्रभावकारी हुने देखिएको छ । उपचारात्मक कक्षाले उत्तीर्ण हुने वातावरणको निर्माण गर्न विद्यालयमा जान्ने र नजान्ने अनि अनुत्तीर्ण भइरहने विद्यार्थीहरूमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण जन्माउन र उनीहरूलाई विद्यालय शिक्षामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सवाललाई उपचारात्मक शिक्षण सिकाइले सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ ।
उपचारात्मक कक्षाको गुणस्तर नियमित संचालनका लागि बिधालय प्रसाशन बाट छड्के जाँच, तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्यांकन फारम, आदिका यस कक्षाको प्रभावकारी गर्ने गरि बारबर्दिया शिक्षायुवा तथा खेलकुद शाखाको समन्वयमा उपचारात्मक कक्षा संचालन गर्ने शिक्षकहरुका लागी उपचारात्मक कक्षा आबश्यकता, महत्व, संचालनको बिधी र कार्ययोजना सहित अभिमुखिकरण सम्पन्न गरिएको छ । यस अभिभमुखिकरणमा ११ वटा परियोजना बिधालयका गणित, अग्रेजि, बिज्ञान र सामाजिक बिषयगत शिक्षकको सहभागीता रहेको र यसको सहजिकरण वारबर्दिया नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखा प्रा.स.खुमराज काप्ले बाट सहजिकरण भएको र कार्यक्रम संचालन परियोजना फिल्ड सुपरभाइजर राकेश कडेल ले गर्नुभएको परियोजना शिक्षा तर्फका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।