
रुपन्देही । विश्व वातारण दिवशको अवशरमा राष्ट्रिय कार्यमा युवा समिति(युथ क्यान)को आयोजना तथा तिलोतमा नगरपालिका, यूएनडिपी नेपाल र लुबिनी प्रदेश युवा परिषदको सहकार्यमा प्लाष्टिक प्रदुषण नियन्त्रणमा सरोकारवाला निकायसंग सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
सो सम्बाद कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिका प्लाष्टिक प्रदुषणमुक्त अभियानमा अगाडि बढिसकेकोले सम्पुर्ण नगरवासीले यो अभियानलाई सहयोग गर्नु पर्ने र देशकै सफा नमुना नगरपालिकको रपमा चिनाउनु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रमममा विशिष्ट अतिथि युएनडिपी नेपाल लुम्बिनी तथा गण्डकी प्रदेशका प्रमुख सुदिप अर्याल, अतिथिहरुमा तिलोत्तमा उद्योग वाणिज्य सघंका महासचिव राज कुमार पाण्डे,नेपाली युवा उद्यमी मन्च उपाध्यक्ष सन्तोष श्रेष्ठ, रुपन्देही चेम्बर अफ इन्ड्रस्ट्रीजका प्रतिनिधि जीवन काफ्ले, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रबि सेन्चुरी, नर बहादुर छन्त्याल, पत्रकार कमला पाण्डे, तिलोत्तमा नगरपालिकाका ईन्जिनियर युवराज पन्थी वातावरण इन्जिनियर सागर अर्याल साथै नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । सम्वाद कार्यक्रममा सरोकारवाला निकायले आआपनो विचार ब्यक्त गरेका थिए ।
सो सम्वाद कार्यक्रममा तिलोत्तमा नगरपालिकाले नगरलाई केको आधारमा प्लाष्टिक मुक्त नगर घोषणा गर्यो ? कार्यान्यनको अवस्था चुनौती के के छन् ? सरोकारवाला निकायको भुमिका बारे बृहत् छलफल भएको थियो । सो सम्वाद कार्यक्रममा सहभागीहरुले प्लाष्टिकलाई कम गर्ने प्रतिबद्धता समेत जनाएका थिए । युथ क्यानका अध्यक्ष रामु पाण्डेको सभापतित्वमा सो सम्वाद कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम युथ क्यानका उपाध्यक्ष कुशल डुम्रेले संचालन गर्नु भएको थियो ।