अन्सारीले सुरु गरे हरेक नागरिकको हातमा संबिधान अभियान

|

नेपालगंज । बालअधिकारकर्मी तथा सामाजिक अभियान्ता साहिल अन्सारीले हरेक नागरिकको हातमा संबिधान राष्ट्रिय अभियान सुरु गरेका छन् । १५ औं गणतन्त्र दिवसको अवसरमा नेपालगंजमा पत्रकार समेलन गरी अभियान बारे जानकारी दिएका छन् ।
नेपालको संबिधानले व्यवस्था गरेको मौलिक हकलाई आम सर्वसाधारण माझ पुर्याउनुका साथै देशको मूल कानुन बारे हरेक नागरिकले थाहा पाउनु पर्ने उद्देश्यका साथ अभियान सन्चालन गरिएको अधिकारकर्मी अन्सारीले बताउनु भयो ।
अभियानलाई सार्थक बनाउनको लागि हरेक निकायसंग सहकार्य गर्नुका साथै यस अभियानमा सबैलाई समन्वय गर्नका लागि आग्रह समेत गर्नुभएको छ ।
अन्सारी भन्नुहुन्छ: यो सबिधान निकै त्याग आन्दोलन र संघर्ष पश्चात आएको सबिधानको रक्षा र यस बारे जानकारी पाउने हरेक नागरिकको अधिकार र दायित्व रहेको वहाँको भनाई छ ।

२०८० जेष्ठ १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।